काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ यु–२० महिला च्याम्पियनसिपतर्फ केही खेलहरु आयोजना हुने खेलस्थलमा परिवर्तन गरिएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले जनाएको छ ।
साफले बुधबार आधिकारिक सूचना जारी गर्दै यही जुलाई १७ तारीख बिहीबार र जुलाई १९ तारीख शनिबारका दिन हुने खेलहरुको आयोजना स्थलमा परिवर्तन गरिएको जनाएको छ । जसअनुसार जुलाई १७ र १९ तारीखका दिन हुने चार खेलहरु अब बसुन्धरा स्पोर्टस ग्राउण्डमा हुनेछन् ।
स्मरण रहोस, यसअघि लिग चरणका शुरुवाती तीन खेलहरु बसुन्धरा किंग्स एरिनामा भएका थिए । यद्यपि तेस्रो चरणको खेलका क्रममा बर्षाले मैदानको अवस्था बिग्रिएपछि ती खेलहरु अर्को मैदानमा खेलाइएको थियो ।
तेस्रो चरणतर्फ बंगलादेश र भुटानबीचको खेल मध्यान्तरपछि स्टेडियम नजिकैको अभ्यास मैदान बसुन्धरा स्पोर्टस ग्राउण्डमा खेलाइएको थियो । त्यस्तै सोही दिन भएको नेपाल र श्रीलंकाबीचको खेल पनि सोही मैदानमा खेलाइएको थियो ।
प्रतियोगिता अन्तर्गत १७ जुलाई बिहीबारका दिन हुने चौथो चरणको खेलतर्फ नेपालले फेरि श्रीलंकासँग खेल्दैछ भने सोही दिन बंगलादेशले भुटानको सामना गर्दैछ । डबल राउण्ड रोबिनका आधारमा जारी प्रतियोगिताको शिर्ष टोली विजेता बन्नेछ ।
साफले निकालेको सूचना पनि हेर्नुहोसः

- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल