News
आधिकारिक रुपमै कम्बोडियन क्लबमा आवद्ध भए लाकेन
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका स्टार मिडफिल्डर लाकेन लिम्बु कम्बोडियन प्रिमियर लिग क्लब किरिभोङ सोक सेन छे फुटबल क्लबमा आधिकारिक रुपमा आवद्ध भएका छन् ।
क्लबले लाकेनलाई अनुबन्ध गरेको कुरा आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत समेत पुष्टी गरेको छ । विदेशी लिगमा लाकेनको यो दोस्रो क्लब समेत हो । यसअघि लाकेनले भारतको आई लिगमा दिल्ली फुटबल क्लबका लागि खेलेका थिए ।
घरेलु फुटबलमा गत सिजनको नेपाल सुपर लिग झापा एफसीबाट खेलेका लाकेनले त्यसबाहेक चर्च ब्वाईज युनाइटेड, थ्रीस्टार क्लबहरुबाट समेत व्यवसायीक फुटबल खेले ।
विदेशी कलबमा आवद्ध भएसँगै लाकेनले त्यहाँ खेलेको अनुभवले राष्ट्रिय टोलीमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा र विश्वस लिइएको छ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने