News
नेप्लिज फुटबल एसोसिएशन मलेसियाको नयाँ कार्य समिति चयन
काठमाडौं । नेपाली फुटबलको उज्यालो भविष्यका लागि मलेसियामा आयोजित बृहत छलफल कार्यक्रममार्फत नेप्लिज फुटबल एसोसिएशन मलेसियाको नयाँ कार्य समिति चयन गरिएको छ ।
हेम प्रसाद भट्ट (सन्तोष) को अध्यक्षतामा एसोसिएशनको नयाँ कार्य समिति गठन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा भक्त ओड छन् भने उपाध्यक्षमा बसन्त राज चयन भएका छन् । त्यस्तै सचिवमा शिव सुवेदी चयन भएका छन् भने कोषाध्यक्षमा सन्तोष अधिकारी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा तुला नेवाङ, खगेन्द्र तामाङ, नवराज श्रेष्ठ, दीपक कार्की र विष्णु चौधरी चयन भएका छन् । प्रवासमा रहेर पनि नेपाली फुटबलको विकास, एकता र सम्मानका लागि नयाँ कार्यसमितिले नेतृत्वदायी भूमिका निर्वाह गर्दै नयाँ उचाइ हासिल गर्न सक्दो प्रयास र काम गर्ने नयाँ कार्य समितिका अध्यक्ष हेम प्रसाद भट्ट (सन्तोष) ले बताए ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने