काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियतामा नेपालको स्थान तल खस्किएको छ । फिफाले जुलाई महिनाका लागि निकालेको नयाँ वरियतामा नेपाल एक स्थान झर्दै १७६औं खस्किएको हो ।
दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा छ । दक्षिण एसियातर्फ शिर्ष स्थानमा रहेको भारत ६ स्थान तल झर्दै १३३औं स्थानमा पुगेको छ ।
त्यस्तै सात स्थान तल खस्किदै १७१औं पुगेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ । एक स्थान तल झर्दै १८४औं स्थानमा पुगेको बंगलादेश दक्षिण एसियातर्फ चौथो स्थानमा छ ।
त्यसैगरी १८६औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । १९६औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ छैठौं स्थानमा रहँदा २०१औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।
विश्व वरियताको शिर्ष स्थानमा विश्व विजेता अर्जेन्टिना नै कायम छ । त्यस्तै स्पेन दोस्रो स्थानमा उक्लिदा फ्रान्स तेस्रो स्थानमा झरेको छ ।
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने