News सिमरिया च्यालेञ्ज कपः गछिया क्वाटरफाइनलमा
गोलनेपाल

दुहबी । गछिया फुटबल क्लब यहाँ शुरु सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गछियाले प्रिक्वाटरफाइनलतर्फ मेमोरी युवा क्लबलाई २–१ ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।

सिमरिया स्थित जनता माविको खेलमैदानमा भएको खेलमा गछियाका लागि पुजन चौधरीले एक गोल गर्दा थप अर्को गोल भने श्याम भट्टराईले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । उता मेमोरीका लागि भने बिबेक मिश्रले गोल फर्काएका थिए ।

खेलमा गछियाका पुजन चौधरी म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ११०० र ट्रफी हात पारे । उनलाई दुहबी नगरपालिका वार्ड नम्बर १० का अध्यक्ष तुलाराम माझीले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत असार २४ गतेको खेल गोल्डेन स्टार युथ क्लब, भलुवा र मधेशा युवा क्लब, इनरुवा बीच हुने आयोजकले जानकारी दियो ।

संयुक्त युवा क्लब, दुहबी–१०, सिमरियाको आयोजना तथा दुहबी नगरपालिका वार्ड नम्बर १० को कार्यालयको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार ३२ गतेका दिन हुनेछ ।

Post Comments