लगातार दोस्रो जितका साथ पाकिस्तान जारी सफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न समूह बी तर्फको दोस्रो खेलमा पाकिस्तानले भुटानलाई ४–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा पाकिस्तानले सबै गोल पहिलो हाफमा गर्न सफल भएको थियो । पाकिस्तानका लागि खेलको २० औं मिनटमा मुदासर नजरले पहिलो गोल गरे भने लगतै २३ औं मिनटमा इप्mितकर अहमदले दोस्रो गोल गरे ।
त्यस्तै २९ औं र ४२ औं मिनटमा मोइन अहमदले पाकिस्तानी टोलीका लागि लगातार दुई गोल गर्दै शानदार जित पक्का गरे । यो जितसँगै २ खेलबाट ६ अंक जोडेको पाकिस्तान समूह बी बाट सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले आफ्नो पहिलो खेलमा भारतलाई २–१ ले हराएको थियो ।
समूह बी को अन्तिम खेलमा अब भारत र भुटान भिड्ने छन् । यी दुई टोलीबीचको नतिजाले समूह बी बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोलीको टुँगो लाग्नेछ ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन