News
ओखलढुंगा ओपन फुटसल टुर्नामेन्ट "काठमाडौं संस्करण" असार २८ गतेदेखि

काठमाडौं । ओखलढुंगा जिल्लाको खेल प्रतिभालाई राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने उद्देश्यले पहिलो पटक “ओखलढुंगा ओपन फुटसल टुर्नामेन्ट – काठमाडौं संस्करण” काठमाडौंमा आयोजना हुन लागेको छ। प्रतियोगिता असार २८ गते, शनिबार हुने तय भएको छ। यो ऐतिहासिक संस्करणले ओखलढुंगाका साथै देशभरिका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक र सम्मानजनक मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ ।
प्रतियोगितामा विजेता टिमलाई रु. १,००,००० नगद, ट्रफी र मेडल, तथा उपविजेता टिमलाई रु. ५०,००० नगद, ट्रफी र मेडल प्रदान गरिनेछ। साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई श्रेष्ठ गोलकिपर, सर्वश्रेष्ठ खेलाडी (MVP), र टप स्कोरर विधामा नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। सहभागी टिमको प्रवेश शुल्क रु. १०,००० तोकिएको छ, तर ओखलढुंगा जिल्लाका टिमहरूलाई १०% छुट दिइनेछ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले असार २२ गतेभित्र दर्ता प्रक्रिया पूरा गर्नु पर्नेछ। राजधानीमा आयोजना हुने यो टुर्नामेन्ट फुटसलप्रेमी, क्लब तथा युवा खेलाडीहरूका लागि ठूलो अवसर हो। आयोजक संस्था मार्फत खेलकुदमा अनुशासन, नेतृत्व र सौहार्दताको प्रवर्द्धन गर्दै प्रतियोगितालाई एक उदाहरणीय कार्यक्रमको रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ ।
Post Comments