
खैरेनी । रुपन्देहीको देवदह नगरपालिका, खैरेनीमा जारी डि युनिटी यु–२० फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएका तीन खेलहरुमा आरएके गाईज, राम एफसी र टिम लुम्बिनीले जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पानबारी खेलमैदानमा भएको दिनको पहिलो खेलमा आरएके गाईजले मायादेवीलाई पेनाल्टी शुटआउटमा ३–२ ले हरायो । खेलमा आरएके गाईजका गोलरक्षक यम कुमार मगर म्यान अफ दि म्याच घोषित भए ।
दोस्रो खेलमा राम एफसीले मैत्री एफसीलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्यो । खेलमा राम एफसीका समुन्द्र ज्ञवाली म्यान अफ दि म्याच घोषित भए ।
दिनको तेस्रो खेलमा टिम लुम्बिनीले आदर्श युवा क्लबलाई टाईब्रेकरमा ३–२ ले पराजित गर्यो । खेलमा टिम लुम्बिनीका कर्मा लामा म्यान अफ दि म्याच चुनिए ।
डि युनिटी क्लब, खैरेनी, देवदहको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने असार १० गतेका दिन हुनेछ ।