News
उज्वेकिस्तानसँग भारत पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच अन्तर्गत भारतको राष्ट्रिय महिला फुटबल टोलीले शुक्रबार तुलनात्मक रुपमा बलियो उज्वेकिस्तानसँग झिनो अन्तरको हार बेहोरेको छ ।
भारतको बैंगलुरुमा सम्पन्न खेलमा ५०औं वरियताको उज्वेकिस्तानले ६९औं वरियताको भारतमाथि १–० को साँघुरो अन्तरको जित निकालेको हो । खेलको ५६औं मिनटमा दियोराखोन खबिबुलैवाले गरेको एक मात्र गोल उज्वेकिस्तानलाई जित दिलाउन निर्णायक गोल बन्यो ।
स्मरण रहोस, एएफसी महिला एसियन कप छनौटतर्फ नेपाल र उज्वेकिस्तान एउटै समूहमा परेका छन् । समूह एफमा रहेका यी नेपाल र आयोजक उज्वेकिस्तान बाहेक लाओस र श्रीलंका पनि छन् । नेपाल र उज्वेकिस्तान बीचको खेल आउँदो जुलाई ५ तारीखका दिन रहेको छ ।
Post Comments