News
लोयल्टीको विजयी सुरुआत
काठमाडौं । आयोजक लोयल्टी एकेडेमीले लोयल्टी एसइइ कपको ब्वाइज फुटबलमा बुधबार विजयी सुरुआत गरेको छ ।
मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टीले बीएमसीएलाई २–० गोल अन्तरले पराजित गर्याे । लोयल्टीका रोहन गुप्ता र कृष बोहराले समान १–१ गोल गरे । अर्को खेलमा डीएस९६ ले टिम भोर्टेक्सलाई २–० ले हरायो ।
प्रतियोगिताको लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले एक कार्यक्रमबीच उद्घाटन गरे । लिग कम नकआउट आधारमा भइरहेको फुटबलमा १६ टिम सहभागी छन् । विजेताले २५ हजार र उपविजेताले १२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
Post Comments
Related News
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट