News
युएईमा रेखालाई नखील गुर्खाजको सम्मान
काठमाडौं । युएईको अबुधाबीमा व्यवसायीक फुटबल खेलिरहेकी राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेललाई अबुधाबी स्थित नेपाली समुदाय क्लब नखील गुर्खाज एफसीले शुक्रबार नगद सहित सम्मान गरेको छ ।
रेखा आबद्ध अबुधाबी कन्ट्री क्लब र नेपाली समुदायका नखील गुर्खाज एफसी बीच शुक्रबार भएको मैत्रीपूर्ण खेल पश्चात क्लबले रेखालाई सम्मान गरेको हो ।
पछिल्लो समय राष्ट्रिय टोलीमा उनको उक्तृष्ट प्रदर्शनको कदर गर्दै र उनलाई थप हौसला प्रदान गर्न क्लबले उनलाई सो अवसर पारी सम्मान गरेको जनाएको छ ।
रेखा हाल युएई महिला फुटबल लिग खेल्दै छिन् । युएईमा रहेका नेपालीहरुले सञ्चालन गरेको नखील गुर्खाज एफसीमा सहिद स्मारक ’ए ’ डिभिजन लिग खेलिसकेका तीर्थ राना मगर, शरण बस्नेत, निरकुमार राई लगायतका खेलाडीहरू आबद्ध छन् ।

Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने