विराटनगर । हाम्रो धरान भेट्रान्स, सुनसरी यहाँ जारी तेस्रो मिल्स भेट्रान्स गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
पहिलो सेमिफाइनलतर्फ हाम्रो धरानले पथरी शनिश्चरे भेट्रान्स, मोरङलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा हाम्रो धरान भेट्रान् ३–१ ले विजयी बन्यो ।
खेलमा हाम्रो धरान भेट्रान्सका गोलरक्षक बिकास लामा घोषित भए । प्रतियोगिता अन्तर्गत जेठ १ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक मिल्स भेट्रान्स क्लब, बिराटनगर र विराट भेट्रान्स क्लब, सुन्दरहरैचाबीच हुने आयोजकले जानकारी दियो ।
मिल्स भेट्रान्स क्लब, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल जेठ ३ गतेका दिन हुनेछ ।
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय