विराटनगर । तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता २०८२ को चौथो दिनको तेस्रो क्वार्टर फाइनल खेलमा आयोजक मिल्स भेट्रान्स विराटनगर मोरङले ५–० को फराकिलो अन्तरले रामधुनी भेट्रान्स झुम्कालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। तेस्रो क्वाटर फाइनल खेलको म्यान अफ दि म्याच मिल्स भेट्रान्सका जय कुमार देवकोटा चुनिए ।
त्यसैगरी चौथो क्वार्टरफाइनल खेलमा हाम्रो विराट भेट्रान्स फुटबल क्लब सुन्दरहरैचाले भरौल भेट्रान्स फुटबल क्लब बराहक्षेत्रलाई टाईब्रेकरमा ५–४ ले हराउँदै सेमिफाइनलमा पुग्न सफल भएको छ। निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको म्यान अफ दि म्याच विराट भेट्रान्स फुटबल क्लबका गोलरक्षक रूपक गुरुङ घोषित भए ।
प्रतियोगिता अन्तर्गत बैशाख ३१ गते बुधबार्र पहिलो सेमीफाइनल खेल आयोजक पथरी शनिश्चरे भेट्रान्स, मोरङ र हाम्रो धरान भेट्रान्स, धरान बीच हुने आयोजकले जानकारी दियो।
मिल्स भेट्रान्स क्लब, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल जेठ ३ गतेका दिन हुनेछ ।
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय