News
मध्यपुरलाई महत्वपूर्ण तीन अंक
काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ शनिबार मध्यपुर युथ एसोसिएशनले उत्कृष्ट जित हात पार्दै आफ्नो खातामा महत्वपूर्ण तीन अंक जोडेको छ ।
एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई ३–१ को अन्तरले हरायो । मध्यपुरको जितमा विकर्ण श्रेष्ठ, प्रज्वल थापा मगर र सन्तोष गोङबाले गोल गरे । कुमारी क्लबका लागि भने निशान्त प्रधानले एक मात्र गोल फर्काएका थिए ।
खेलमा मध्यपुरका प्रज्वल थापा मगर प्लेयर अफ दि म्याच घोषित भए । यो जितपछि १० खेलबाट ११ अंक जोडेको मध्यपुर लिगतालिकाको ११औं स्थानमा उक्लिएको छ । उता पराजित कुमारी क्लब भने १३ अंकका साथ सातौं स्थानमा छ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”