काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ बुधबार झापा फुटबल क्लब र सरस्वती युथ क्लबले आ–आफ्नो खेलमा जित हात पार्दै महत्वपूर्ण तीन–तीन अंक जोडेका छन् ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा झापाले बाँसबारी क्लबलाई २–० ले हरायो । झापाका लागि शेर बहादुर धिमाल र असिम जंग कार्कीले गोल गरे ।
यो नतिजापछि झापाको १० खेलबाट १२ अंक भएको छ । र, लिगतालिकाको पुछारतिर भए पनि केही राहत मिलेको छ । पराजित बाँसबारीको खातामा भने १५ अंक छ र शिर्षताको होडबाट बाहिरिने सम्भावना बलियो बनेको छ ।
बुधबार नै भएको अर्को खेलमा सरस्वतीले ब्रिगेड ब्वाईज क्लबलाई ३–१ ले पराजित गर्यो । सरस्वतीको जितमा विशेष लामा, फत्तेमान घले र विज्ञान खड्काले गोल गरे । पराजित ब्रिगेडका लागि भने अभिषेक राना मगरले एक मात्र गोल फर्काएका थिए ।
यो जितपछि १० खेलबाट ९ अंक जोड्दै सरस्वती लिगतालिकाको १२औं स्थानमा उक्लिएको छ । पराजित ब्रिगेड ब्वाईज भने १२ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि