News
जितसँगै आरसिटीलाई राहत

काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ आरसिटीले महत्वपूर्ण जित हात पार्दै तीन अंक बटुलेको छ । मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसिटीले च्यासल युथ क्लबमाथि ३–२ को प्रतिस्पर्धात्मक जित हात पार्यो ।
आरसिटीका लागि अजित गुरुङ्ग, अभिषेक भोलन र संजय लिम्बुले गोल गरे । उता पराजित च्यासलका लागि भने आश्विन घोरासैनी र आशिष थारुले गोल फर्काएका थिए । खेलमा आरसिटीका संजय लिम्बु प्लेयर अफ दि म्याच बने ।
यो जितपछि ११ अंक जोड्न सफल आरसिटी नवौं स्थानमा उक्लेको छ र रेलिगेशन क्षेत्रको त्रासबाट केही राहत मिलेको छ । पराजित च्यासल भने १४ अंकका साथ छैठौं स्थानमा छ । त्यस्तै शिर्ष स्थानमा भने २३ अंक जोडेको प्लानिङ ब्वाईज रहेको छ ।
Post Comments
Related News
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा
- एन्फा युथ लिगः जितको लय मै संकटा