News
पथरी शनिश्चरे तेस्रो मेयर कपको फाइनलमा
सुन्दरहरैँचा । पथरी शनिश्चरे नगरपालिका यहाँ जारी तेस्रो मेयर कप अन्तर पालिका स्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमीफाइनल खेलमा पथरी शनिश्चरे नगरपालिकाले इटहरी उपमहानगरपालिकालाई १–० को अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो।
पथरी शनिश्चरेको जितमा सौर्य राउतले एक मात्र निर्णायक गोल गरे । बुधबारको प्लेयर अफ दि म्याच पथरी शनिश्चरेका निर्णायक गोलकर्ता सौर्य राउत घोषित भए ।
प्रतियोगिता अन्तर्गत बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक सुन्दरहरैँचा र बेलबारी बिचमा हुने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा