
ढुङ्गेसाँगु । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं.२ ढुङ्गेसाँगुमा अवस्थित ठोट्ने शिङ्घराज मनरानि आधारभुत विद्यालयको खेलमैदानमा लालिमा क्लबको आयोजनामा जारी दोस्रो आमन्त्रित लालिमा रनिङ कप अन्तर्गत दुई सेमीफाइनल खेल सम्पन्न भएका छन् ।
पहिलो सेमीफाइनल खेलमा आयोजक लालिमा क्लब र म्याङ्लुङ स्पोर्टिङ्ग तेह्रथुमबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदा साँघुरो जितको साथमा म्याङ्लुङले फाइनलमा स्थान सुरक्षित गरेको हाे। म्याङ्लुङलाई जीत दिलाउन पहिलो हाफको अन्तिम समयमा प्राप्त गरेको पेनाल्टीमा मार्को भेनाटीले गोल गर्दै अग्रता दिलाएका थिए ।
दोश्रो हाफको दस मिनेट नबित्दै लालिमा अभिषेक लिम्बूले आफ्नै पोस्टमा गोल गर्दा म्याङ्लुङको अग्रता दोब्बर भएको थियो । उपहार स्वरुप गोल दिएको केही समयमा लालिमाको लागि सुरेन्द्र लिम्बूले सुन्दर गाेल गर्दै अग्रता छोट्याइएका थिए ।
त्यस पश्चात् दुबै टोलीबाट गोल हुन नसक्दा म्याङ्लुङले गत संस्करणको विजेता आयोजक लालिमालाई एकका विरुद्ध दुई गोलले पाखा लगाउँदै उपाधि नजिक पुगेको छ। उक्त खेलको म्यान अफ दि म्याच म्याङलुङका किस्न राई बनेका थिए भने, उनले नगद रु.दुई हजार रुपैयाँ पनि प्राप्त गरेका छन् ।
दोश्रो सेमीफाइनल प्रगतिशील युवा क्लब मेरिङ्देनलाई लज्जास्पद हार चखाउँदै कुम्मायक स्पोर्टिङ्ग पाँचथर फाइनल प्रवेश गरको हो । पाँचथरलाई जीत दिलाउने क्रममा लोकेन्द्र थापाले पहिलो गोल गरका थिए । सुशिल लावतीले दुई गोल गर्दा दिल सम्बाहाम्फेले एक गोल गरे । समग्रमा कुम्मायक पाँचथरले प्रगतिशील युवा क्लब ताप्लेजुङलाई चार शून्यले हराएको थियो । उक्त खेलको म्यान अफ दि म्याच पाँचथरका दुई गोल कर्ता खेलाडि सुशिल लावती बन्दै नगद रु. दुई हजार प्राप्त गरका हुन ।
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा
- ताप्लेजुङको थलङमा प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप शुरू