
काठमाडौं । साविक विजेता ललितपुर सिटी फुटबल क्लब जारी तेस्रो नेपाल सुपर लिगको लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो क्वालिफायरतर्फ ललितपुरले धनगढी फुटबल क्लबलाई २–१ ले हराउँदै उपाधि रक्षा नजिक पुगेको हो । दशरथ रंगशालामा भएको खेलमा शुरुवाती अग्रता ललितपुरले नै लिएको थियो ।
खेलको ५६औं मिनटमा कर्भन्स बेलफोर्टको गोलबाट ललितपुरले अग्रता बनाएको थियो । यद्यपि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका जर्ज प्रिन्स कार्कीले ६१औं मिनटमा धनगढीका लागि बराबरी गोल फर्काएका थिए ।
तर, त्यो बराबरी गोलको खुशी पनि धनगढीले धेरैबेर मनाउन सकेन । खेलको ७९औं मिनटमा पापा इबु केबेले ललितपुरका लागि दोस्रो गोल गर्दै टोलीको रोमाञ्चक जित पक्का गरे ।
हारका बावजुद धनगढीको फाइनल प्रवेशको सम्भावना भने कायम छ । धनगढीले आइतबार हुने चितवन र पोखरा बीचको इलिमिनेटर म्याचको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै