
काठमाडौं । साउदी अरेबियामा जारी एएफसी यु–१७ एसियन कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । अन्तिम दुई क्वाटरफाइनलमा उत्तर कोरिया र दक्षिण कोरिया विजयी बनेपछि प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।
तेस्रो क्वाटरफाइनलतर्फ उत्तर कोरियाले इण्डोनेसियामाथि ६–० को फराकिलो जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्यो । त्यस्तै दक्षिण कोरियाले ताजिकिस्तानमाथि टाईब्रेकरमा जित निकाल्दै सेमिफाइनल स्थान सुरक्षित गर्यो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा दक्षिण कोरिया ५–३ ले विजयी बन्यो ।
योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो । अब १७ अप्रिलका दिन दुवै सेमिफाइनल खेलहरु हुनेछन् । पहिलो सेमिफाइनलमा आयोजक साउदी अरेबियाले दक्षिण कोरियासँग खेल्नेछ भने सोही दिन हुने दोस्रो सेमिफाइनलमा उज्वेकिस्तान र उत्तर कोरिया भिड्ने छन् ।
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध