News
साविक विजेता जापान आयोजक साउदीसँग स्तब्ध, उज्वेकिस्तान पनि सेमिफाइनलमा
काठमाडौं । दावेदार र साविक विजेता जापान जारी एएफसी यु–१७ एसियन कपको क्वाटरफाइनलबाटै बाहिरिएको छ । प्रतियोगिताको पहिलो क्वाटरफाइनलतर्फ जापानले आयोजक साउदी अरेबियासँग टाईब्रेकरमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।
निर्धारित समयको खेल २–२ गोलको रोमाञ्चक बराबरीमा टुंगिएपछि टाईब्रेकरमा साउदी अरेबियाले जापानमाथि ३–२ को जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न सफल भयो ।
त्यस्तै दोस्रो क्वाटरफाइनलतर्फ उज्वेकिस्तानले युएईमाथि ३–१ को प्रभावशाली जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो ।
Post Comments
Related News
- कपिलवस्तुमा ग्रीन भिजनलाई दोस्रो शिवशक्ति कपको उपाधि
- शिवशक्तिको आयोजनामा कपिलवस्तुको शिवराज नगरपालिकामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न
- दोस्रो शिवशक्ति कपः फाइनलमा ग्रीन भिजन र आयोजक शिवशक्ति भिड्ने
- शिवगढी स्र्पोटिङ र ग्रीन भिजन दोस्रो शिवशक्ति कपको सेमिफाइनलमा
- दोस्रो शिवशक्ति कपः जागृति युथ र आयोजक शिवशक्ति सेमिफाइनलमा