
काठमाडौं । नेपालको पुरानो खेल मध्येको एक काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन भोली शनिवार हुने भएको छ। ११ सदस्यिय कार्यसमितिका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई विच प्रतिस्पर्धा हुने भएको छ।
त्यसैगरी उपाध्यक्ष पदमा नविन सुवाल र गौतम बहादुर मालाकार विच प्रतिस्पर्धा हुने भएको छ भने महासचिवमा डिकेन सुवाल र सतिश कृष्ण श्रेष्ठ भिड्ने भएका छन्। सचिवमा भने सुरेन्द्र कुमार श्रेष्ठ निर्विरोध भएका छन्। कोषाध्यक्षमा अनुज सिंह प्रधान र किरण शम्शेर राणा प्रतिस्पर्धामा उत्रिएका छन्।
त्यसैगरी ६ सदस्यिय सदस्य पदमा १० जनाले उम्मेदवारी दिएका छन्। जसमा मुरारी केसी, सुनिलभक्त जोशी, अमर श्रेष्ठ, श्याम नारायण माली, राजेन्द्र शाक्य, सर्वज्ञरत्न मानन्धर, योगेन्द्र मान श्रेष्ठ, सुन्दर थापा क्षेत्री, प्रज्वलकान्त मैनाली र अगम मान गुभाजु रहेका छन् ।
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय