News
तेश्रो एबिसी राष्ट्रिय भेट्रान्स कपः ढोलाहिटीको बिजयी शुरुवात

पोखरा । तेश्रो एबिसी राष्ट्रिय भेट्रान्स फुटबलमा साविकको बिजेता ढोलाहिटी फ्रीडम भेट्रान्सले बिजयी यात्रा सुरूवात गरेको छ । सोमबार देखि पोखरा रंगशालामा सुरु भएको तेस्रो संस्करणको एबिसी राष्ट्रिय भेट्रान्स फुटवल प्रतियोगिताको दोश्रो खेलमा ढोलाहिटीले लेकसाईड भेट्रान्सलाई ४–० गोलले पराजित गर्दै बिजयी यात्रा सुरू गरेको हो ।
प्रतियोगितामा ढोलाहिटीको तर्फबाट कृष्ण मालाकारले ४ गोल गरेका थिएभने प्रतियोगितामा प्लेयर अफ द म्याच समेत मालाकार नै घोषित भए ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै एक्स वरियर अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा १–१ गोलको बरावरीमा खेल सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै एक्स वरियर अघिल्लो चरणमा प्रवेश गरेको छ । उक्त खेलमा प्लेयर अफ दी म्याचको उपाधि एक्स वरियरका राम लक्ष्मण भुजेलले हात पारे ।
प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखराको पुरानो क्लब अमरसिंह व्वाइज क्लबले भेट्रान फुटवल प्रतियोगिताको आयोजना गरी प्रौढ उमेरमा समेत युवाहरुको जस्तै जोश जाँगर निकाल्नका लागि प्रत्यत्न गरेकोमा आयोजकलाइ धन्यवाद ब्यक्त गरे ।
१० टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको बिजेताले १ लाख ५५ हजार ५ सय ५५, ट्रफी र मेडल प्राप्त गर्नेछनभने उपबिजेताले ७७ हजार ७ सय ७७, ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने