
जलजले । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका वडा नम्बर ३ जलजले मार्सेटारमा रामनवमी मेला प्रथम ऐतिहासिक धन लक्ष्मी रनिङ शिल्ड खुल्ला पुरूष फुटबल प्रतियोगिता शुरू भएको छ ।
राम नवमी मेला व्यवस्थापन समितिको आयोजनामा आयोजित मेलाको आइतबार भव्य उदघाटन गरिएको छ । उदघाटन कार्यक्रम संगै मैत्रीपूर्ण उदघाटन खेलमा आयोजक भेट्रान्स र फेदाप कर्मचारीबिच प्रतिस्पर्धा भएको थियो ।
उक्त खेलमा निर्धारित समयमा एक एक गोलको बराबरीमा सकिएपछि उक्त खेलको अन्तिम नतिजा पेनाल्टी मार्फत निकालिएको हो । पेनाल्टीमा कर्मचारीले आयोजक भेट्रान्सलाई ५ / ३ गोलले हराउँदै मैत्रीपूर्ण खेलमा जित निकालेको हो।
प्रतियोगितामा कुल १६ टोलीको सहभागिता रहेको छ। भोलीबाट प्रतियोगितात्मक खेल सञ्चालन हुनेछन् भने एकै दिन ४ वटा प्रि क्वाटरफाइनल खेल हुने निश्चित भएको आयोजकका सचिव दिपेश लिम्बूले बताए।
यस प्रतियोगिताको विजेता हुने टोलीले २ लाख २ हजार २२२ सगै आधा तोला सुन र ६१ तोला चाँदी जडित रनिङ कप प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५१ हजार सहित ट्रफि प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र ३० गते समापन हुनेछ।
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने