
काठमाडौं । साउदी अरेबियामा शुरु भएको एएफसी यु–१७ एसियन कप छनौटतर्फ उज्वेकिस्तान, आयोजक साउदी अरेबिया, साविक विजेता जापान, इण्डोनेसिया र यमनले विजयी शुरुवात गरेका छन् ।
समूह ए तर्फ उज्वेकिस्तानले थाइल्याण्डलाई ४–१ ले पराजित गर्यो । त्यस्तै सोही समूहमा रहेको साउदी अरेबियाले चीनमाथि २–१ को रोमाञ्चक जित निकाल्यो ।
त्यस्तै समूह बी तर्फ डिफेन्डिङ च्याम्पियन जापानले यूएईमाथि ४–१ को जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गर्यो । सोही समूहमा रहेको अष्ट्रेलियाले भियतनामसँग सनसनीपूर्ण रुपमा बराबरी खेल्न बाध्य बन्यो ।
त्यस्तै समूह सी तर्फ दावेदार मध्ये एकका रुपमा हेरिएको गत संस्करणको दक्षिण कोरियाले इण्डोनेसियासँग ०–१ ले स्तब्ध बन्न पुग्यो । त्यस्तै सोही समूहको अर्को खेलमा यमनले अफगानिस्तानमाथि २–० को जित हात पार्यो ।
प्रतियोगितामा सहभागि कुल १६ टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नुका साथै यसै वर्ष कतारमा हुने फिफा यु–१७ विश्वकपका लागि समेत छनौट हुने छन् ।
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध