News
मसुरिया एफए र बाघमारा स्पोर्टस सेमिफाइनलमा
सुखड । मसुरिया फुटबल एकेडेमी र बाघमारा स्पोर्टस क्लब यहाँ जारी प्रथम वडा अध्यक्ष कप यु–२० जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
दिनको पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलतर्फ मसुरिया एफएले कपिलमुनी युथ क्लबलाई ६–० को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । खेलमा मसुरिया एफएका अभिषेक बम म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै दोस्रो खेल तथा चौथो क्वाटरफाइनलतर्फ माघमारा स्पोर्टसले सहयोगी बेलुवा युवा क्लबलाई ४–० को अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनायो । खेलमा बाघमारा स्पोर्टसका प्रवेश सिंजाली म्यान अफ दि म्याच घोषित भए ।
घोडाघोडी क्लब, सुखड, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २३ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- महिलातर्फ न्यू कालिका वाकओभरबाट सेमिफाइनलमा, पुरुषतर्फ सुदूरपश्चिम प्रदेश प्रहरी क्वार्टरफाइनलमा
- वनदेवी क्वार्टरफाइनलमा, चारपातेलाई पेनाल्टीमा ३–० ले हरायो
- कैलालीको लम्कीचुहामा ‘न्यू ज्योति कप २०८३’ र तीज मेला हुने
- सुदूरपश्चिमको ऐतिहासिक २७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन