News
एसियन कप छनौटः मलेसियासँग निराश नेपाल

काठमाडौं । एएफसी एसियन कप छनौटको तेस्रो चरणको छनौट प्रतियोगिता अन्तर्गत समूह एफमा रहेको नेपालले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।
मंगलबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले मलेसियासँग उसकै घरमा २–० को हार बेहोरेको हो । सुल्तान इब्राहिम स्टेडियममा भएको खेलमा मलेसियाका लागि २९औं मिनटमा हेक्टर सेरानोले पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको ७४औं मिनटमा लवरेन्स कर्विन–ओङले दोस्रो गोल गर्दै घरेलु टोलीको जित पक्का गरे ।
गत साता मात्रै सिंगापुरलाई उसकै घरमा हराएर आत्मविश्वासी बनेको नेपालले सोही प्रदर्शनलाई मलेसिया विरुद्ध दोहोर्याउन सकेन । नेपालले समूह चरणको आफ्नो दोस्रो खेल १० जुनका दिन लाओससँग खेल्नेछ । सोही दिन, मलेसियाले भियतनामको सामना गर्नेछ ।
स्मरणीय छ, मंगलबार नै भएको समूह एफतर्फको अर्को खेलमा लाओसले भियतनामसँग ५–० को हार बेहोर्यो ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध