News
पर्वतमा यु–१४ युथ लिग हुँदै

पैयुँ । मर्दीखोला युनाइटेड, पैयुँ गाउँपालिका–४, पर्वतको आयोजनामा यु–१४ विद्यालय र एकेडेमीस्तरीय युथ लिग फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक क्लब कै मर्दीखोला खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीहरु पनि शुरु भईसकेको आयोजकले जनाएको छ । प्रतियोगिताको मिति भने आधिकारिक रुपमा छिटै जानकारी गराइने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३३,३३३ रुपैयाँ हात पार्नेछ भने दोस्रो हुनेले २२,२२२ रुपैयाँ तथा तेस्रो हुनेले ११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गनेछन् । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9816669309, 9846833888, 9765640533, 9810330139 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने