News
मिल्स गोल्डकपः पेमा एफसी सेमिफाइनलमा
बिराटनगर । पेमा फुटबल क्लब यहाँ जारी पाँचौं मिल्स गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पेमाले कोशी प्रदेश प्रहरी कार्यालयको फुटबल टिमलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
जुट मिल खेलमैदानमा भएको खेलमा पेमाका लागि अनिल परियार र हरी खवासले गोल गरे । खेलको म्यान अफ दि म्याच पनि पेमा कै गोलकर्ता अनिल परियार चुनिए ।
प्रतियोगिता अन्तर्गत चैत्र ५ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल वाइएससी खाखा झील हटिहार, भारत र टिएफसी, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।
मिल्स गोल्डकप फुटबल ट्रष्ट, बिराटनगर, मोरङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत्र १० गतेका दिन हुनेछ ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय