News
ताप्लेजुङः छैटौ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङलाई
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका १ सावादिनमा बि.सि.एस युवा क्लबद्वारा आयोजित छैटौ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमले हात पारेको छ ।
बिहीबार बि.सि.एस.खेल मैदानमा सम्पन्न फाइनल खेलमा आयोजक बि.सि.एस. युवा क्लबलाई २-१ गोलले पराजित गर्दै मानाभराले उपाधि चुमेको हो ।
उपाधि संगै मानाभराले १ लाख १ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता आयोजकले ६० हजार सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाल्गुन २६ गते देखि सन्चालन सुरू भएको प्रतियोगिता फागुन २९ गते सम्पन्न भएको छ।
Post Comments
Related News
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि