बुटवल । प्रथम चरङ्गे कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगितामा सोमबार त्रिशुली फुटबल क्लबले शानदार जित हात पारेको छ ।
देवदह–१० चरङ्गे स्थित चिसापानी खेलमैदानमा भएको खेलमा त्रिशुलीले उज्वल एफसीलाई ५–० ले हरायो । त्रिशुलीको जितमा मनोज आले र रिजन आलेले २–२ गोल गरे । त्यस्तै थप एक गोल गणेश रानाले गरे ।
खेलको म्यान अफ द म्याच भने त्रिशुली एफसी कै रिजन राना घोषित भए । प्रतियोगिता अन्तरगत मंगलबारदेखि दुई खेल हुने खेल संयोजक गणेश परियारले बताए । पहिलो खेलमा सयपत्री युवा क्लब र दुई नम्बर भिड्नेछन् भने दोस्रो खेलमा सौभाग्य एफसी र खैरेनी एफसी भिड्ने संयोजक परियारले बताए ।
चरङ्गे फुटबल क्लब, देवदह–१० चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको संयोजक परियारले बताए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने