News
साफ यु–१५ च्याम्पयनसिप : भारत पहिलो खेल मै पराजित
बिहीबारदेखि काठमाडौंमा शुरु साफ यु–१५ च्याम्पियनसिपमा दावेदार मानिएको भारतले अप्रत्याशित हारका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न उद्घाटन खेलमा समूह बी तर्फ रहेको भारतले पाकिस्तानसँग १–२ को हार बेहोरेको हो । समूह चरणको अन्तिम खेलमा अब भारतले आउँदो सोमबार भुटानको सामना गर्नेछ । सो खेल भारतका लागि महत्वपूर्ण समेत हुनेछ ।
त्यसैगरी आज नै नेपाली समयअनुसार दिनको ३ बजेदेखि समूह ए तर्फ आयोजक नेपालले माल्दिभ्सको सामना गर्दैछ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन