News
महिला फुटबल टोलीलाई इतिहास रच्ने सुनौलो अवसर
काठमाडौं । चारदेशीय महिला च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपालले तुलनात्मक रुपमा बलियो म्यानमारको सामना गर्दैछ । खेल दशरथ रंगशालामा बेलुका ६ बजेदेखि शुरु हुँदैछ ।
आजको फाइनल खेल नेपाली महिला फुटबल टोलीका लागि विशेष पनि छ । उपाधि उचाल्न सके अन्तर्राष्ट्रिय फुटबलमा महिला टोलीका लागि यो ऐतिहासिक उपलब्धी पनि हुनेछ ।
फिफा वरियताको १०३औं स्थानमा रहेको नेपाल र ५५औं स्थानमा रहेको म्यानमार दुवैको उपाधिमाथि आ–आफ्नै दावी छ । यसै प्रतियोगिताको लिग चरणमा पनि यी दुई टोली आपसमा भिडेका थिए । जुन खेल रोमाञ्चक २–२ को बराबरीमा सकिएको थियो ।
घरेलु मैदानमा, घरेलु समर्थकहरुका बीच ऐतिहासिक उपलब्धी र उपाधि जित्ने सुनौलो अवसर र योजनामा सफल होला त टिम नेपाल? त्यसका लागि आज बेलुकाको फाइनल खेलको नतिजा पर्खिनु पर्नेछ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- कम्बोडियामा रेखाको डेब्यु गोल
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु