बुटवल । रुपन्देहीको देवदहमा प्रथम चरङ्गे कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा रम्भादेवी फुटबल क्लबले विजयी शुरुवात गर्यो ।
देवदह–१० चरङ्गे स्थित चिसापानी खेलमैदानमा भएको उद्घाटन खेलमा रम्भादेवीले आयोजक चरङ्गे युवा क्लब (बी) लाई टाईब्रेकरमा ३–२ ले हरायो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलको म्यान अफ द म्याच भने पराजित चरङ्गे एफसीका सागर परियार घोषित भए । प्रतियोगिता अन्तरगत पुष १९ गते आइतबारको खेल पत्थरडाँडा युवा क्लब र शिवनगर युवा क्लबबीच हुने खेल संयोजक गणेश परियारले बताए ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मूल नाराका साथ चरङ्गे फुटबल क्लब, देवदह–१० को आयोजनामा शुरु प्रतियोगितामा कुल २० टोलीहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्ने । त्यस्तै व्यक्तिगत विधातर्फ पनि अन्य पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने