News
महिला च्याम्पियनसिपको फाइनल टिकट अहिलेसम्म कै महँगो

काठमाडौं । चारदेशीय महिला च्याम्पियनसिपको फाइनल खेल बुधबार दशरथ रंगशालामा साँझ ६ बजेदेखि नेपाल र म्यानमार बीच हुँदैछ । यद्यपि अहिले प्रतियोगिताको फाइनल खेल भन्दा फाइनल खेलको टिकट मुल्यले बढी चर्चा र आलोचना पाईरहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र म्यानमार बीच हुने फाइनल खेलको टिकट मुल्य अप्रत्याशित रुपमा बृद्धि गरेको छ । लिग चरणको खेलहरुका लागि टिकट मुल्य सामान्यतर्फ ५०० र विशिष्ठतर्फ १००० तोकिएको थियो । फाइनल खेलका लागि भने सामान्यतर्फ १००० र विशिष्ठतर्फ २००० टिकट मुल्य तोकिएको छ ।
जुन मुल्य नेपाली फुटबल इतिहास कै सबैभन्दा महँगो टिकट मुल्य समेत बनेको छ । एन्फाको यो निर्णयप्रति खेल समर्थकहरले चर्को आलोचना समेत गरिरहेका छन ।
Post Comments
Related News
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न
- धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण