
बुटवल । रामनगर युवा परिवार, बुटवल यहाँ जारी लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ े ।
बुटवल–७, दिपनगर स्थित सिद्धेश्वरी खेलमैदानमा भएको खेलमा रामनगरले योङ ब्वाईज फुटबल क्लबलाई १–० ले हरायो । रामनगरको जितमा अस्मित शर्माले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता अस्मित नै खेलको म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ २७ गते आइतबारको प्रिक्वाटरफाइनल खेल सियारी गाउँपालिका र आयोजक लखन ब्रदर्श युथ क्लब (निलो) बीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।
लखन ब्रदर्श युथ क्लब, बुटवल–८, सुख्खानगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,५१५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,७५७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राम थापाले बताए । फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।