News
न्यु सृजना फाइनलमा, उपाधिका लागि फर्साटिकरसँग भिड्ने
बागधुरा । न्यु सृजना युवा क्लब, करौजिया जारी स्व. लाल बहादुर तथा डम्मर कुमारी छन्तेल स्मृति सातौं सञ्जिवनी कपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो सेमिफानलमा न्यु सृजनाले लिस्नु युवा क्लब, कोटिहवालाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो । न्यु सृजनाको जितमा हिमाल थापाले दुई गोल गर्दा मिलन आले मगरले थप एक गोल गरे ।
खेलमा न्यु सृजना कै मिलन आले मगर म्यान अफ दि म्याच घोषित भए । न्यु सृजनाले अब माघ २७ गते आइतबार हुने फाइनलमा साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकरसँग उपाधिका लागि भिड्नेछ ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६१,१११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने