बागधुरा । लिस्नु युवा क्लब, कोटिहवा जारी स्व. लाल बहादुर तथा डम्मरकुमारी छन्तेल स्मृति सातौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
बुधबार भएको चौथो क्वाटरफाइनलमा लिस्नुले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई ८–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
लिस्नुको जितमा मनिष चौधरीले ह्याट्रिकसहित चार गोल गरे । अन्य गोल भने एमोस पुन, विश्व थापा मगर, अनुज थापा र आयुष गुरुङ्गले गरे । खेलमा चार गोल गरेका लिस्नुका मनिष चौधरी म्यान अफ दि म्याच घोषित भए । लिस्नुले अब माघ २५ गते हुने दोस्रो सेमिफाइनलमा न्यु सृजना युवा क्लब, करौजियासँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत माघ २४ गते बिहीबारको पहिलो सेमिफाइनल खेल साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकर र झरना स्पोर्टस क्लब, कुञ्जलापुरबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६१,१११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल माघ २७ गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने