बागधुरा । उत्कृष्ट जित निकाल्दै न्यु सृजना युवा क्लब, करौजिया जारी स्व. लाल बहादुर तथा डम्मरकुमारी छन्तेल स्मृति सातौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो क्वाटरफाइनलतर्फ न्यु सृजनाले उदय युवा क्लब, बर्दघाट, नवलपरासीलाई शून्यका विरुद्ध ५ गोलको अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
न्यु सृजनाको जितमा हिमाल थापा मगरले ह्याट्रिक गरे भने थप दुई गोल समिर नेपालीले गरे । खेलमा न्यु सृजना कै समिर नेपाली म्यान अफ दि म्याच समेत घोषित भए ।
प्रतियोगिता अन्तर्गत माघ २२ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल अमुवा युवा क्लब, अमुवा र झरना स्पोर्टस क्लब, कुञ्जलापुरबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६१,१११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल माघ २७ गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने