बागधुरा । साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकर रुपन्देहीमा जारी स्व. लाल बहादुर–डम्मरकुमारी छन्तेल स्मृति सातौं सञ्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको पहिलो क्वाटरफाइनलमा फर्साटिकरले चाँदनी युवा क्लब, दानापुरलाई टाईब्रेकरमा ४–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ फर्साटिकरले पेनाल्टीको अवसर पनि पाएको थियो । चाँदनीका खेलाडीले फर्साटिकरका टिकाराज गुरुङ्ग बक्सभित्र फल गरेपछि रेफ्रीले फर्साटिकरलाई पेनाल्टीको अवसर दिएको थियो । तर, फर्साटिकरका लागि आशिष जिसीले गरेको पेनाल्टी प्रहार पोष्ट बाहिरिएको थियो ।
खेलमा फर्साटिकरका कप्तान तथा गोलरक्षक शुभांकर जिसी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ २१ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल न्यु सृजना युवा क्लब, करौजिया र उदय युवा क्लब, बदर्नघाट, नवलपरासीबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६१,१११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल माघ २७ गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने