बुटवल । लखन ब्रदर्श युथ क्लब, बुटवल–८, सुख्खानगर, रुपन्देहीको आयोजनामा यही माघ २२ गतेदेखि शुरु हुन गईरहेको लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी गराउनुका साथै खेलतालिका पनि सार्वजनिक गरेको छ । बुटवल–७, दिपनगर स्थितसिद्धेश्वरी खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा माघ २२ गतेका दिन आयोजक लखन ब्रदर्श युथ क्लब (सेतो) र चाँदनी युवा क्लब, दानापुर भिड्ने छन् ।
प्रतियोगितामा रुपन्देही र नवलपरासीका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको खेल संयोजक राम थापाले बताए । प्रतियोगिताको समापन र फाइनल खेल फागुन ७ गतेका दिन हुने पनि खेल संयोजक थापाले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५५,५१५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,७५७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले जानकारी दिए । त्यसवाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष खत्रीले बताए । साथै प्रतियोगिता सफलता र भव्यताका साथ सम्पन्न गर्न सबैको साथ, सहयोगको अपेक्षा गरेको समेत बताए ।
लखन कपको खेलतालिका पनि हेर्नुहोस्ः

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने