
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको विजेता ललितपुर सिटी फुटबल क्लबले इङल्याण्डको अनुभवी प्रशिक्षक सिमोन ग्रेसनलाई क्लबको मुख्य प्रशिक्षकमा अनुवन्ध गरेको छ ।
ललितपुरले शनिबार मात्रै आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सिमोनको नियुक्तीबारे जानकारी गराएको हो । व्यवसायीक खेलाडीका खेलाडीका रुपमा सन् ८०–९० को दशकतिर लिडस युनाइटेड, लेस्टर सिटी, एस्टन भिल्ला जस्ता क्लबबाट समेत खेलेका सिमोनसँग प्रशिक्षकका रुपमा पनि लिडस, हुडर्सफिल्ड टाउन, सन्डरल्याण्ड, ब्राडफोर्ड सिटी जस्ता चर्चित क्लबहरुको व्यवस्थापकीय र प्रशिक्षक जिम्मेवारी सम्हालेको अनुभव पनि छ ।
पछिल्लोपटक इण्डियन सुपर लिग बैंगलुरु फुटबल क्लबको जिम्मेवारी समेत सम्हालेका सिमोनले बैंगलुरुलाई सन् २०२२–२३ को इण्डियन सुपर लिगको फाइनलमा समेत पुर्याएका थिए ।
यता सिमोनको आगमतले ललितपुर सिटी एफसी तेस्रो एनएसएल सिजनमा उपाधि रक्षाका लागि मानसिक र प्राविधिक रुपमा थप बलियो हुने विश्वास लिएको छ । स्मरण रहोस, नेपाल सुपर लिगको तेस्रो संस्करण आउँदो चैत १६ गतेदेखि शुरु हुने कार्यक्रम छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै