बागधुरा । अमुवा युवा क्लब, अमुवा जारी स्व. लाल बहादुर र डम्मरकुमारी छन्तेल स्मृति सातौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
शनिबार सम्पन्न अन्तिम प्रिक्वाटरफाइनलमा अमुवाले समपुर्ण युवा क्लब, सुपौलीलाई ४–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । अमुवाको जितमा बलराम न्यौपानेले दुई गोल गर्दा निखिल नेपाली र अनिल क्षेत्रीले एक–एक गोल गरे । पराजित समपुर्णका लागि भने सनम गुरुङले एक मात्र गोल फर्काएका थिए ।
खेलमा दुई गोल गरेका अमुवाका बलराम न्यौपाने म्यान अफ दि म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत माघ २० गते आइतबारको पहिलो क्वाटरफाइनल खेल साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकर र चाँदनी युवा क्लब, दानापुरबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६१,१११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल माघ २७ गतेका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने