News
युथ लिगतर्फ मंगलबार दुवै खेल बराबरीमा सकिए
काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ मंगलबार भएका दुई खेलहरुको नतिजा बराबरीमा सकिएको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा थ्रीस्टार क्लब र चर्च ब्वाईज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
यो नतिजापछि ८ खेलबाट १९ अंक जोडेको चर्च ब्वाईज दोस्रो स्थानमा छ । उता थ्रीस्टार भने समान खेलबाट १७ अंकका साथ तेस्रो स्थानमा छ ।
त्यस्तै मंगलबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लब र संकटा फुटबल क्लबले १–१ को बराबरी खेले । यो नतिजापछि ८ खेलबाट १४ अंक जोडेको पुलिस चौथो स्थानमा छ । संकटा भने १३ अंकका साथ पाँचौं स्थानमा छ ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)