
काठमाडौं । गत कार्तिक महिनामा सम्पन्न साफ महिला च्याम्पियनसिपको समापन लगतै राष्ट्रिय महिला फुटबल टोलीबाट अलग भएको घोषणा गरेका राजेन्द्र तामाङ फागुन ५ गतेदेखि शुरु हुने चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि फेरि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियक्त भएका छन् ।
प्रशिक्षक तामाङलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले सोमबार नियुक्तपत्र हस्तान्तरण गरे । त्यस्तै टिम व्यवस्थापकको जिम्मेवारी भने बिन्द्रा देवानलाई दिइएको छ । देवानलाई पनि सोमबार नै नियुक्तीपत्र हस्तान्तरण गरियो ।
स्मरण रहोस, नेपाल, किर्गिस्तान, लेबनान र म्यानमार सम्मिलित चारदेशीय महिला फुटबल प्रतियोगिता आउँदो फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुँदैछ । त्यसकै लागि मुख्य प्रशिक्षक तामाङले ३९ खेलाडीहरुलाई बन्द प्रशिक्षणमा समेत बोलाएका छन् । टोलीको बन्द प्रशिक्षण भने यही माघ १९ गतेदेखि शुरु गरिने कार्यक्रम रहेको छ ।
- साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्यामा छलाङ्ग
- सयौं खेलमा नेपालको शानदार जित
- नेपाली महिला फुटबल टोली सयौं अन्तर्राष्ट्रिय खेल खेल्दै, सरुको ५०औं खेल
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त