News
रश्मी निर्णायक बन्दा एपिएफ महिला लिगको फाइनलमा

काठमाडौं । उपाधिको बलियो प्रत्याशी र साविक विजेता समेत रहेको एपिएफ फुटबल क्लब जारी एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको क्वालिफायर वान तर्फ एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हरायो । एपिएफको जितमा दुवै गोल रश्मी कुमारी घिसिङले गरीन् । आर्मीका लागि भने हिमा चौधरीले गोल गरेकी थिईन् ।
हारका बावजुद आर्मीको फाइनल प्रवेश गर्ने सम्भावना भने कायम छ । आर्मीले अब क्वालिफायर टु तर्फ सोमबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिसले शुक्रबार मात्रै भएको इमिमिनेटरतर्फ बागमती युवा क्लबलाई १–० ले हराउँदै क्वालिफायर टु मा स्थान बनाएको थियो ।
फाइनल खेल भने आउँदो माघ १६ गते बुधबारका दिन दशरथ रंगशालामा हुने कार्यक्रम छ ।
Post Comments
Related News
- साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्यामा छलाङ्ग
- सयौं खेलमा नेपालको शानदार जित
- नेपाली महिला फुटबल टोली सयौं अन्तर्राष्ट्रिय खेल खेल्दै, सरुको ५०औं खेल
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त