काठमाडौं । मछिन्द्र फुटबल क्लब जारी सभापति कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको दोस्रो क्वाटरफाइनलतर्फ मच्छिन्द्रले एपिएफ फुटबल क्लबलाई १–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
दशरथ रंगशालामा भएको रोमाञ्चक खेलमा मच्छिन्द्रका लागि सनिष श्रेष्ठले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता सनिष नै खेलको म्यान अफ दि म्याच चुनिए ।
मच्छिन्द्रले अब माघ १४ गते हुने पहिलो सेमिफाइनलमा संकटा फुटबल क्लबसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत माघ १२ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र बागमती बीच हुने आयोजकले जानकारी दियो ।
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेश निर्देशन समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २६ लाख हात पार्नेछ भने उपविजेताले १३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १७ गतेका दिन हुनेछ ।
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने