काठमाडौं । सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा शुक्रबार पनि एउटा मात्रै खेल हुने भएको छ । दशरथ रंगशालामा हुने एक मात्र खेलमा विभागीय क्लब एपीएफ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब आमने सामने हुने छन् ।
प्रतियोगिताको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि दिउँसो ३ बजे सञ्चालन गर्ने भनिएको प्रतियोगिताको तालिका शुक्रबारदेखि परिमार्जन गर्दै कृत्रिम प्रकाशमा सञ्चालन गर्ने निर्णय भएको आयोजकले जनाएको छ ।
सभापति कप फुटबल प्रतियोगिता नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।
नकआउट आधारमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा जीत निकाल्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाइसकेको छ । विहीबार भएको उद्घाटन खेलमा संकटाले लिग च्याम्पियन चर्च ब्वाइजमाथि ३–० को प्रभावशाली जीत दर्ता गरेको थियो ।
शुक्रबार मच्छिन्द्र र एपीएफको विजेताले फाइनल प्रवेशका लागि संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ । उपाधि बिजेताले नगद २६ लाख पुरस्कार पाउँदा उप विजेता हुनेले १३ लाख पाउने छ ।
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने