
बसन्तपुर । अफ्रिकी टोली मब्वाय फुटबल क्लब, बुर्किनाफासो यहाँ जारी २६औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार माडीको बसन्तपुर खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलतर्फ मब्वायले घरेलु टोली माडी–११ लाई उसकै घरमा ५–१ को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलमा मब्वाए एफसीका अर्माण्ड म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । मब्वायले सेमिफाइनलमा अब हनामी बिएफसीसँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत माघ ९ गते बुधबारको क्वाटरफाइनल खेल चित्लाङ्ग फुटबल क्लब, काठमाडौं र प्याराडाईज फुटबल क्लब, रत्ननगरबीच हुने आयोजकले जानकारी दियो ।
बसन्तपुर युनाइटेड क्लब, माडी, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।