News
नाईट क्लब फुटसल टुर्नामेण्ट (एनसीएफटी) हुँदै
xकाठमाडौं । धनयन्तरी रेष्टुरेण्ट एण्ड बार, स्वीमिङ पुल, ठमेल, काठमाडौंको आयोजनामा वार्षिक रुपमा हुँदै आएको पाँचौं नाईट क्लब फुटसल टुर्नामेण्ट माघ १२ देखि १९ गते (२५ जनवरीदेखि १ फेब्रुअरीसम्म) हुने भएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम भने फेब्रुअरी १० तारीख (माघ २८ गते) का दिन टर्टल लाउन्ज, ठमेलमा हुने पनि आयोजकले जनाएको छ । प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बर 9860130336 मा सम्पर्क गर्न सकिनेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै